दिवस लामा मेमोरियल बोयज अण्डर-१७ लीगमा यूकेएफसी च्याम्पियन

IMG-20250505-WA0145

खरसाङ: खरसाङ महकुमा खेलकुद संघ (केएसएसए)-को तत्त्वावधानमा आयोजित दिवस लामा मेमोरियल बोयज अण्डर-१७ खरसाङ प्रीमियर लीगमा यूकेएफसी च्याम्पियन बन्यो। चानमारी खेल मैदानमा जारी यस प्रतिष्ठित फूटबल लीगको तेस्रो दिन आइतवार अन्तिम दुईवटा म्याच खेलियो। पहिलो म्याचमा आईटीआई टुंगले नयाँ बस्ती फूटबल क्लब (एनबीएफसी) विरुद्ध ६-०-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले हिल्स फूटबल एकाडमीविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यसरी ३-३ वटा म्याचको समाप्तिपछि यूकेएफसी ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ च्याम्पियन बन्यो।

आईटीआई टुंग ६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। हिल्स फूटबल एकाडमी (३ पोइण्ट्स) तेस्रो र नयाँ बस्ती फूटबल क्लब (एनबीएफसी) चौथो स्थानमा रह्यो।


संक्षिप्तमाः
च्याम्पियनः यूकेएफसी
रनरअपः आईटीआई टुंग
तेस्रो स्थानः हिल्स फूटबल एकाडमी
चौथो स्थानः नयाँ बस्ती फूटबल क्लब
प्लेयर अव् द डेः सैलेश राई
हाईएस्ट स्कोररः सुशान्त घले (९ गोल)
प्लेयर अव् द टुर्नामेण्टः राहुल थापा (यूकेएफसी)
प्रमिसिंग प्लेयर अव् द टुर्नामेण्टः देवेन्दु राई
बेस्ट गोलकीपरः प्रसिन गुरुङ (यूकेएफसी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement