वेव्स अन्तराष्ट्रिय सम्मेलनमा गोर्खा नृत्यक़ो रौनक

IMG-20250504-WA0202

मुम्बई: संस्कृति र लयको जीवन्त उत्सवको रूपमा, डाइनामिक फ्लिकर्स डान्स (डीएफडी) एकेडेमीका कलाकारहरूले मुम्बईमा आयोजित प्रतिष्ठित वर्ल्ड ऑडियो विजुअल इंटरटेनमेंट समिट (वेव्स) अन्तर्राष्ट्रिय सम्मेलनमा परम्परागत तामाङ सेलो प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। गोर्खा सहजाती भित्रको तामाङ्ग जातिको यस नृत्यले गोर्खा समुदायलाई प्रतिनिधित्व गरेकोमा भारत भरीको गोर्खा समुदाय गौरान्वित भएका छन्।
सो डान्सक़ो प्रस्तुति कलाकार दिलु तामाङ र पासाङ शेर्पाको नेतृत्वमा भएको थियो, जसले टोलीलाई गोर्खा सहाजाति भित्रको तामाङ समुदायको समृद्ध सांस्कृतिक विरासत झल्काउने उत्साही र आकर्षक प्रस्तुतिक़ो रुपमा लिइएक़ो छ। तामाङ सेलो नृत्यको तालबद्ध ढोलकको धुन र ऊर्जावान नृत्यशैलीले उपस्थित दर्शक वर्गबाट गड़गड़ाहट ताली र प्रशंसा पाएका थिए।
देश विदेश लगायत भारतभरिका चिन्तक, सिर्जनात्मक व्यक्तित्वहरू र कलाकारहरूलाई एकसाथ ल्याउने वेव्स समिटले सिक्किम तथा पूर्वी हिमालय क्षेत्रको सांस्कृतिक समृद्धिलाई प्रस्तुत गर्न महत्वपूर्ण मंच प्रदान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement