गान्तोक: राज्यका नागरिकहरूको स्वास्थ्य एवं कल्याणलाई सर्वोच्च प्राथमिकता दिॅंदै राज्यपाल ओम प्रकाश माथुरको मार्गदर्शनमा आगामी ५ मईका दिन, नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिने छ।
उक्त शिविरमा नि:शुल्क चिकित्सा परामर्श एवं आवश्यक औषधीहरू प्रदान गरिने छ।
उक्त स्वास्थ्य शिविर पीटीसी, याङगाङमा बिहान ११ बजीदेखि आयोजना गरिने राजभवनले विज्ञप्तिमा जनाएको छ।
राजभवनले सिक्किमका सबै नागरिकहरूलाई यस महत्वपूर्ण स्वास्थ्य सेवाको लाभ उठाउन र धेरैभन्दा धेरै संख्यामा शिविरमा भाग लिन आह्वान गरेको छ। यो पहल राज्यको ५० वर्षको उल्लेखनीय यात्रालाई प्रतिबिम्बित गर्दै स्वस्थ सिक्किम, समृद्ध सिक्किमको लक्ष्यलाई साकार बनाउने दिशामा एक महत्वपूर्ण कदम बताइएको छ।