गान्तोक: सिक्किम राज्यप्राप्तिको ५०औं वर्षागाँठ तथा स्वर्ण जयन्तीको अवरमा राज्य सरकारको संस्कृति एवं धरोहर मामिला विभागद्वारा आयोजित कार्यक्रम कुजु फेस्टिभलको आज चौथो दिनमा पद्मश्री सानु लामा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। राजधानीस्थित मनन केन्द्रमा आयोजित दस दिवसीय सांस्कृतिक कार्यक्रमको गत १ मईदेखि शुरू भएर १० मईको दिन समापन हुने भएको छ।
राज्यको संस्कृतिक धरोहर अनि पारम्पारिकलाई एउटा मञ्च प्रदर्शन गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पद्मश्री लामाले यस अवसरमा आफूलाई मुख्य अतिथिकोरूपमा उपस्थित हुने अवसर प्राप्त गरेकोमा आयोजक समितिप्रति हार्दिक कृतज्ञता प्रकट गरे। उनले विविध सांस्कृतिक पृष्ठभूमिका सहभागिताहरूको उत्साह र असाधारण प्रदर्शनको लागि प्रशंसा गरे। सहभागीहरूले राज्यको विविध समुदाय, रीतिरिवाज र प्रकृतिसँग सम्बन्धित साथै राज्यको परम्परा र सांस्कृतिलाई चिन्हित गर्दै यसलाई अनुशरण गरेकोमा खुशी प्रकट गरे।