गान्तोक: सिक्किम राज्यस्थापनाको ५०औं वर्षगाँठको अवसरमा दिल्लीमा तैनाथ आईआरबी जवानहरूले वाजिरावाद मुख्यलयमा भव्य समारोह आयोजना गऱ्यो। यस अवसरमा विशेष गरेर पाराम्पारिक खेलकूद साथै बटालियन ब्यान्डका सदस्यहरूद्वारा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा दिल्लीमा अध्ययरत सिक्किम राज्यका विद्यार्थीहरूले नृत्य साथै गीत पनि प्रस्तुत गरे।
यस अवसरमा फुटवल फुटवल प्रतियोगिताको पनि आयोजना गरिएको जसमा कमाण्डेन्ट एकादश बनाम अफिसर्स एकादशबीच सम्पन्न भयो। उक्त खेलमा कमाण्डेन्ट एकादश चार गोल गरेर विजयी बन्यो। कार्यक्रमको मुख्य आकर्षणकोरूपमा परम्परागत सिक्किमी खेल ढोको, ढुङ्गा हान्ने खेल प्रदर्शन गरिएको थियो जुन यस भन्दा अघि कहिले पनि आयोजना गरिएको थिएन्। सिक्किम भारतमा विलय हुन भन्दा अघि यो खेल सिक्किमेली जनसमुदायमा लोकप्रिय मनोरञ्जनको साधन मानिन्थ्यो।
उक्त कार्यक्रममा सिक्किमका उद्यामी उशोप भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा आइटीबीपी, सीआरपीएफ साथै मेघालय र राजस्थान पुलिसका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
स्वागत सम्वोधनको क्रममा कमाण्डेन्ट पाल्देन भोटियाले सिक्किमको संक्षिप्त इतिहासबारेमा जानकारी गराउँदै भारतका सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीहरू मध्ये एक सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको सक्षम र गतिशील नेतृत्वमा राज्यले हासिल गरेको विभिन्न उपलब्धिहरूमाथि प्रकाश पारे।