गान्तोक: अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को विश्वव्यापी उत्सवको एक भागको रूपमा आज गान्तोक जिल्ला कार्यालयको सहयोगमा सामुदायिक कल्याणको भावनालाई संरक्षण गर्ने उद्देश्यले साइकल ऱ्याली आयोजना गरियो। ऱ्यालीलाई सहकारी विभागकी सचिव नाम्चु ग्लोरियाले पीआरसीएस जबी थापा, सिकुनका अध्यक्ष मंगलजित राईको उपस्थितिमा गणेशटकबाट झण्डा हल्लाएर प्रस्थान गराइन्।
आइवाइसी-२०२५ को लोगो भएको विशेष रूपमा डिजाइन गरिएको जर्सी लगाएका सहभागीहरूले कार्यक्रमभरि एकता र उत्साह प्रदर्शन गर्नेछन्। साइकल ऱ्यालीमा सबै भन्दा कम उमेरका १२ वर्षका थिए, जसले सहकारी भावनालाई प्रचार गर्न उमेरको कुनै महत्व हुँदैन् भन्ने सन्देश आम मानिसहरूलाई सचेत गराउन सहभागी बनेको बताए।