विधायक कला राईको नेतृत्वमा क्षेत्रको सरसफाई शुरू

IMG-20250504-WA0341

गान्तोक: अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईको नेतृत्वमा आजदेखि क्षेत्रको व्यापक सर-सफाइ अभियान शुरू गरियो। बुर्तक निर्वाचन क्षेत्रलाई पूर्णरुपमा फोहोर साथै प्लास्टिकमुक्त बनाउने उद्देश्यले शुरू गरिएको यस अभियानको आज प्रथम दिन लोअर सिच्छे, इक्फाइ कलेज परिसर हुँदै आम्दो गोलाइसम्मको नाली झोडाहरूको व्यापक सर सफाइ कार्यक्रम सम्पन्न भयो।
विधायक कला राईको नेतृत्वमा शुरू गरिएको सर सफाई अभियानमा स्थानीयहरूले पनि सहभागिता जनाएका थिए। राज्य स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजित सर सफाइ अभियान आगामी ११ मईसम्म क्षेत्रको विभिन्न स्थानमा आयोजना गरिने भएको छ।
क्षेत्रलाई प्लास्टिक अनि फोहोरमुक्त बनाउने दिशामा थालिएको यस व्यापक सर सफाइ अभियानमा सबैलाई सहभागी बन्ने विधायक कला राईले आग्रह गरेकी छन्। क्षेत्रलाई फोहोरमुक्त राख्न आम नागरिकको जिम्मेवारी रहेको हुँदा सबैले यो जिम्मेवारीलाई निष्ठापूक पालन गर्ने उनको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement