भाजपा, सिक्किमको सेवा र सम्पर्क अभियान पुग्यो खामदोङ

IMG-20250504-WA0340

गान्तोक: भारतीय जनता पार्टी, सिक्किम प्रदेशको सेवा र सम्पर्क अभियान आज पूर्व सिक्किमको खामदोङ समष्टिमा सम्पन्न भयो। यस अवसरमा विशेष रुपमा स्थानीय लाभार्थीहरूलाई आयुष्मान भारत, ई श्रम र आभा कार्ड वितरण गरियो। खामदोङको सिमिक लिङ्जे जीपीयू-मा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको पार्टीले जानकारी गराएको छ।
उल्लेखनीय छ, गत वर्ष सम्पन्न विधानसभा अनि लोकसभा चुनाउ पछि भारतीय जनता पार्टी, सिक्किम प्रदेशले राज्यका विभिन्न स्थानमा सेवा र सम्पर्क अभियान आयोजना गरेर विभिन्न केन्द्रीय योजनाहरू विशेष गरेर आयुषमान भारत र ई श्रम कार्ड साथै विभिन्न सहुलियतहरू वितरण गर्ने गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य भारत सरकारका विभिन्न कल्याणकारी योजनाहरू र स्वास्थ्य सुविधाहरू जनताको घरदैलोसम्म पुऱ्याउनु रहेको पार्टीको भनाइ रहेको छ।
आजको कार्यक्रममा पार्टीका वरिष्ठ नेता आरपी पौड्याल, पञ्चायत अध्यक्ष नरबहादुर गुरुङ, प्रवक्ता पासङ शेर्पा, मिडिया प्रभारी निरेन भण्डारी लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शेर्पाले सेवा र सम्पर्क अभियान बारे जानकारी गराए। यसको साथै आयुष्मान भारत र ई श्रम कार्डको लाभ बारे पनि उपस्थितजनलाई अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement