राज्य मन्त्री रामदास आठवालेले राज्यपालसँग विभिन्न विषयमाथि गरे चर्चा

IMG-20250504-WA0339

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा आएका सामाजिक न्याय एवम सशक्तिकरण राज्य मन्त्री रामदास अठवालेले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल र राज्यमन्त्रीले सिक्किमको सामाजिक विकास र महिला सशक्तिकरण एवम सामाजिक न्याय लगायत अन्यबारेमा छलफल गरे। यस अवसरमा राज्यपालले सिक्किममा महिलाहरूलाई सशक्तिकरण गराउनेबारे राज्य सरकारले निर्वाह गर्दै आइरहेको भूमिकाबारे जानकारी गराए। उनले विशेष गरेर राज्यका महिलाहरूले सामाजिक संरचनामा मात्र नेतृत्व नगरी आर्थिक, शैक्षिक र राजनीतिक क्षेत्रमा प्रभावकारी नेतृत्व पनि गरिरहेको बताए। उनले सिक्किमका महिलाहरूको आत्मनिर्भरता र सामाजिक सहभागिता सम्पूर्ण देशको लागि प्रेरणाको स्रोत रहेको जानकारी गराए। यस अवसरमा मन्त्रीले केन्द्र सरकार समाजका हरेक वर्ग, विशेष गरी विपन्न समुदायको अधिकारको संरक्षण र सशक्तिकरणको लागि पूर्णरूपमा प्रतिबद्ध रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement