पर्यटन विभागका कार्यकारी सभासद नाेर्देन शेर्पाले गरे मिरिक पर्यटन केन्द्रकाे स्थलगत भ्रमण

मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा पर्यटन विभागका कार्यकारी सभासद नाेर्देन शेर्पाले मिरिक पर्यटन केन्द्रकाे स्थलगत भ्रमण गरि यहाँकाे विभिन्न पर्यटन स्थलहरूकाे निरीक्षण गरे। यस अवसरमा जीटीए मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई,मिरिक नगरपालिका अध्यक्ष एलबी राई, जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनम भुटिया लगायत विभागीय अधिकारीहरू उपस्थित थिए। भ्रमणकाे अवधिमा कार्यकारी सभासद नाेर्देन शेर्पाले मिरिक रिशिपशन सेन्टर, मिरिक एक्युरियम, टुरिज लज, मिरिक झील परिसर आदिकाे स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। यस अवसरमा बाेल्दै कार्यकारी सभासद नाेर्देन शेर्पाले पश्चिम बंगाल राज्यकाे सुन्दर पर्यटन केन्द्रमध्ये एउटा मिरिक पर्यटन केन्द्र रहेकाे जहाँ हजाराैकाे संख्यामा पर्यटकहरू आउने गरेकाे जहाँकाे अभाव र समस्याबारे जानकारी संग्रह गर्न मिरिक आएकाे बताए।तिनले जीटीए सभा हुनअघि आफूले जीटीए क्षेत्रकाे पर्यटन स्थलहरूकाे स्थलगत भ्रमण गरेर अभाव र समस्या बुझ्ने कार्य गरिरहेकाे जून समस्यालाई जीटीए सभामा राखेर समस्याकाे समधान गर्ने पहल गरिनेछ भने। तिनले पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडकाे पर्यटन ब्यावसायलाई विकसित गर्न धेरै सकरात्मक कुराे गरेकाे कारण यहाँकाे पर्यटन उधाेग अझ विकसित बन्ने कुराेमा आशावादी रहेकाे बताँउदै हाल मिरिक नगरपालिका मार्फत पनि मिरिककाे पर्यटन उधाेगलाई विकसित गर्न धेरै कार्यहरू भइरहेकाे बताए।तिनले मिरिक हाल ग्रीनसिटीकाे दिशामा अग्रसर भइरहेकाे छ। जसलाई जीटीए मार्फत पनि सहयाेग गरिने पहल गरिनेछ भन्दै मिरिक झीलमा शुद्ध पानी पठाँउनकाेलागि निर्माण गरिएकाे एसडीपी पनि मिरिक नगरपालिकालाई हस्तान्तरण गरि चाँडै संचालनमा ल्याइनेछ भने। तिनले जीटीएले ग्रामीण पर्यटनलाई विकसित गर्न धेरै याेजनाहरू तयार पारेकाे जानकारी गराँउदै ग्रामीण पर्यटनलाई विकसित गरेर बेराेजगारहरूलाई राेजगारकाे अवसर प्रदान गर्ने पनि हाम्राे याेजना रहेकाे छ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement