केकेआर-को रोयल्सविरुद्ध १ विकेटले रोमाञ्चक जीत

IMG-20250504-WA0335

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर) ले राजस्थान रोयल्सलाई आइतवार खेलिएको चरम रोमाञ्चक म्याचमा १ रनले पराजित गरी आईपीएल २०२५-को प्लेअफ् मा स्थान बनाउने आशालाई जीवित राख्यो। यस जीतपछि केकेआर ११ वटा म्याचमा ११ पोइण्ट्सको साथ आईपीएल तालिकाको छैटौं स्थानमा पुग्यो जबकि राजस्थान रोयल्स १२ वटा म्याचमा ६ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। रोयल्स अगावै प्लेअफ् को रेसबाट बाहिर भइसकेको छ। ईडन गार्डन्समा आज टस जितेर पहिला ब्याटिंग गर्दै केकेआर-ले अलराउण्डर आन्द्रे रसेलको विध्वंशी अर्द्धशतकको सहायताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। त्यसपछि राजस्थान रोयल्सले कप्तान रियान पराग (९५ रन) को रेकर्ड प्रयासपछि पनि २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। पराग आज आईपीएल इतिहासमा ६ बलमा ६ वटा छक्का लगाउने पहिलो क्रिकेटर पनि बने। उनले मोईन अलीको बलिंगमा लगातार ५ छक्का लगाएपछि अघिल्लो ओभरमा वरुण चक्रवर्तीको बलिंगमा अझ एउटा छक्का लगाएर यस उपलब्धिलाई हासिल गरे।
म्याचमा पहिला ब्याटिंग गर्दै सुनिल नारेन ११ रन बनाएर आउट हुँदा केकेआरको स्कोर केवल १३ रन थियो। त्यहाँबाट रहमानुल्लाह गुरबाज (३५ रन) र कप्तान अजिंक्य रहाणे (३० रन) ले मिलेर स्कोर ६९ रनसम्म पुऱ्याए। यी दुईजना आउट भएपछि युवा अंगकृष रघुवंशी र आन्द्रे रसेलले मिलेर तेजीको साथ रन बनाउँदै चौथो विकेटको निम्ति ६१ रनको पार्टनरशीप गरी स्कोर १७२ रनसम्म पुऱ्याए। रघुवंशीले ३१ बलमा ४४ रन बनाए। अन्तिम ओभरहरूमा रसेलले रिंकू सिंहसँग मिलेर तेजीको साथ रन बनाउँदै स्कोर २०६ रनसम्म पुऱ्याए। रसेलले २५ बल खेलेर ६ वटा छक्का र ४ वटा चौकाको साथ अविजित ५७ रन बनाए। यसरी रिंकूले ६ बलमा अविजित १९ रन बनाए। विशाल लक्ष्यलाई पीछा गर्दै राजस्थानले वैभव सूर्यवंशी (४) र कुणाल सिंह राठोड़ (शून्य रन) लाई शुरुमै गुमायो। केवल ८ रनमा २ विकेट गुमाएपछि परागले उत्कृष्ट ब्याटिंग गरे। उनले पहिला यशस्वी जयसवालसँग मिलेर स्कोर ६६ रनसम्म पुऱ्याए। त्यसपछि जयसवाल (३४ रन), ध्रुव जुरेल र वानिन्दु हसरंगा लगातार आउट हुँदा रोयल्सको स्कोर ७१ रनमा ५ विकेट रहेको थियो। दबाउको परिस्थितिबीच कप्तान परागले शिमरोन हेटमायरसँग छैटौं विकेटको निम्ति ९२ रनको पार्टनरशीप गरी रोयल्सको चुनौतीलाई कायम राखेका थिए तर पछिबाट यी दुईजना लगातार आउट हुँदा केकेआर-ले रोमाञ्चक जीत हासिल गऱ्यो। परागले ४५ बल खेलेर ८ वटा छक्का र ६ वटा चौकाको साथ ९५ रन बनाए। त्यसपछि शुभम दुबेले अविजित २५ रन बनाएर प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। केकेआरका बलरहरूमा मोईन अली, हर्षित राणा र वरुण चक्रवर्तीले २-२ विकेट लिए। रसेलले प्लेयर अव् द म्याचको पुरस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement