ग्लेन म्याक्सवेलको स्थानमा मिशेल ओवेनलाई टीममा सामेल गऱ्यो पञ्जाब किंग्सले

IMG-20250504-WA0327

न्यू चण्डीगढ़: पञ्जाब किंग्सले चोटग्रस्त ग्लेन म्याक्सवेलको स्थानमा अलराउण्डर मिशेल ओवेनलाई टीममा सामेल गरेको छ। म्याक्सवेल औंलीको चोटले गर्दा आईपीएल २०२५-को रहल म्याचहरूबाट बाहिर भएका छन्। अष्ट्रेलियाई अलराउण्डर ओवेनले ३४ वटा टी२० म्याच खेलेर २ वटा शतकको साथ ६४६ रन बनाएका छन्। उनी ३ करोड़ रुपियाँको अनुबन्धमा पञ्जाब किंग्समा सामेल हुनेछन्। उनले टी२० क्रिकेटमा १० विकेट पनि लिएका छन्। म्याक्सवेललाई आईपीएलको गत मेगा लिलामीमा ४.२ करोड़ रुपियाँमा पञ्जाब किंग्सले हासिल गरेको थियो तर यस सीजनमा उनलाई ब्याटको साथ संघर्ष गरिरहेको देखियो। उनले ६ वटा ईनिंग्समा केवल ४८ रन बनाए अनि आफ्नो गत ४ वटा म्याचमा त उनले दहाईको आँकड़ा पनि पार गर्न सकेनन्। बलरको रूपमा चाहिँ उनले ४ विकेट लिएका थिए। उनी चोटले गर्दा आईपीएलबाट बाहिर भइसकेका छन्। म्याक्सवेल अघि लोकी फर्ग्यूसन पनि चोटले गर्दा आईपीएलबाट बाहिर भएका थिए। गत वर्ष भएको मेगा लिलामी ओवन बिक्री भएका थिएनन् तर उनले बिग ब्याश लीगमा उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान आकर्षित गरेका थिए। उनले ४२ बलमा ११ वटा छक्काको सहायताले १०८ रन बनाएर आफ्नो टीम होबार्ट हरिकेन्सलाई आफ्नो पहिलो खिताबसम्म पुग्नमा सहायता गरेका थिए। यसरी उनले बीबीएल-मा सबैभन्दा तेज शतकको रेकर्डको बराबरी गरेका थिए। बीबीएल पछि उऩले वनडे कपमा पनि तस्मानियाको निम्ति केवल ६९ बलमा १४९ रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement