आतङ्वादी आक्रमणलाई ध्यानमा राख्दै बीएसएफ अलर्ट

Chhetriya-Samachar-2

सिलगढ़ी: पहलगाममा भएको आतंकवादी आक्रमणपछि गृह मन्त्रालयले पूर्वोत्तर सीमान्त रेलवेका विभिन्न स्टेशन तथा लिकहरूमा निगरानी बढ़ाउने आदेश दिएको छ। आरपीएफ र जीआरपीसँगसँगै अब बीएसएफले पनि रेलवेसित समन्वय गरेर बंगलादेश सीमा क्षेत्रमा निगरानी गर्नेछ।
यस सम्बन्धमा पूर्वोत्तर सीमान्त रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले भने, यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न तथा रेलवे सम्पत्तिलाई अक्षुण्ण राख्नको लागि भारत-बंगलादेश सीमा क्षेत्रको निगरानीमा बीएसएपलाई पनि सामेल गरिएको छ। संयुक्त टीमले पहिलाबाटै केही क्षेत्रहरूको भ्रमण गरिसकेको छ।
सूत्र अनुसार निगरानी बढ़ाउने निर्देश केन्द्रिय गुप्तचर विभागबाट प्राप्त रिपोर्टपछि आएको छ। गुप्तचर रिपोर्टबाट थाहा लाग्छ, आतंकवादी बंगलादेशको बाटो भएर यस क्षेत्रमा रेलवे सम्पत्ति तथा रेल यात्रीहरूको सुरक्षाको लागि खतरा उत्पन्न गर्नसक्छ। तदानुसार बीएसएफ र जीआरपीको परामर्शमा आरपीएफसित समन्वय टीम गठन गरिएको छ। लामडिंग डिभीजनमा बदरपुर स्टेशन, अलिपुरद्वार डिभीजनमा न्यू मयनागुड़ीदेखि न्यू दोमोहनी स्टेशन औ कटिहार डिभीजनमा हल्दीबाड़ी स्टेशनका क्षेत्रहरूमा सुरक्षा बढ़ाइएको छ।
संयुक्त बलहरूले पहिला नै बदरपुर स्टेशन र क्षेत्रको दौड़ाह गरी सुरक्षा व्यवस्थाको निरीक्षण गरिसकेका छन्। स्टेशनको प्रवेश र निकास द्वारको पनि निरीक्षण गरियो। लामडिंग डिभीजनका सिलचर र कटाखल सेक्शनबीच ट्रलीबाट निरीक्षण गरियो। संयुक्त बलहरूले न्यू मयनागुड़ीदेखि न्यू दोमोहनी स्टेशनसम्म रेल लाइनमा पैदल हिँड़ेर निगरानी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement