इन्द्रबहादुर राईद्वारा लिखित प्रसिद्ध कथामा आधारित फिल्म ‘जार’ को प्रिमियर शो सम्पन्न

IMG-20250504-WA0269

आगामी 9 मईदेखि अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने

खरसाङ: साहित्यकार डा इन्द्रबहादुर राईद्वारा लिखित प्रसिद्ध कथालाई ठूलो पर्दामा उतारिएको फिल्म ‘जार’ को प्रिमियर शो शनिवार सिलगढीमा सम्पन्न भएको थियो‌। खरसाङको सुपुत्र फुर्बा छिरिङ लामाको निर्देशन, पटकथा तथा निर्माणमा बनिएको उक्त फिल्म जार‌ आगामी 9 मईदेखि अन्तर्राष्ट्रिय स्तरमा रिलिज भईरहेको छ भने‌ यस फिल्मको प्रिमियर प्रथममा‌ सिक्किम अनि शनिवार सिलगढीमा सम्पन्न भएको छ। फेरी टेल पिक्चरको निर्माणमा बनिएको जार फिल्मको उक्त ‘प्रिमियर शो’ मा फिल्मको नायक अनुप बिक्रम शाहीसहित अन्य कलाकारहरु र फिल्मसित सम्बन्धित व्यक्तिहरु उपस्थित रहेका थिए।‌ प्रिमियर शो शुरु हुन अघि फिल्ममा सम्बन्धित व्यक्तित्वहरुलाई सम्मान जनाइएको थियो। यस अवसरमा फिल्मका नायक अनुप बिक्रम शाही र निर्देशक फुर्बा छिरिङ लामाको बाहुलीबाट फिल्ममा सहयोग गर्ने तथा फिल्मसित सम्बन्धित व्यक्तिहरुलाई सम्मान जनाइएको छ। यस अवसरमा स्व सुवेदार मेजर दोर्जी लामालाई स्मरण गर्दै उनको परिवारलाई सम्मान गरिएको छ। त्यसरी नै साहित्यकार इन्द्रबहादुर राईको सुपुत्र देशपथ राईलाई पनि सम्मानित गरिएको छ।‌ यसको साथै जार फिल्मको निर्देशक फुर्बा छिरिङ लामाको पिता एंव एकजना पात्र साथै साहित्यकार जयप्रकाश लामालाई पनि सम्मान जनाइएको छ। यस क्रममा चेतन तिवारी, डा सिध्दीराज शर्मा, बिमला ठटाल, चञ्चल थापा लगायत फिल्ममा सम्बन्धित व्यक्तित्वहरु र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै सम्मान जनाइएको छ।‌ यस अवसरमा बोल्दै निर्देशक फुर्बा छिरिङ लामाले यस फिल्म ‘जार’ साहित्यकार इन्द्रबहादुर राईप्रति ट्रिब्युट गरिएको बताएका छन्। उनले यस फिल्ममा पर्दाभित्र र पर्दाबाहिरबाट सहयोग गर्ने सबैप्रति साथै निर्माता टिमप्रति आभार प्रकट गरेका छन्‌।‌ उनले आगामी 9 मईमा अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने यस फिल्मलाई हलमा गएर हेरिदिने पनि अनुरोध गरेका छन्। सिलगढीमा आयोजित जार फिल्मको प्रिमियर शो हेर्न उपस्थित दर्शकहरुले फिल्म सकेर सबैले सराहना गरेका थिए। खरसाङको सुपुत्र फुर्बा छिरिङ लामाको निर्देशन, पटकथा र निर्माणमा‌ बनेको जार फिल्मलाई प्रिमियर शो हेरेपछि अहिलेसम्मकै उत्कृष्ट नेपाली फिल्म भनी सराहना गरेका छन्।

दर्शकहरुले यस फिल्मलाई पुनः सिनेमा हलमा‌ गएर पनि हेर्ने सुझाव दिएका छन्।‌ इन्द्रबहादुर राईद्वारा लिखित प्रसिद्ध कथा ‘जार भएकै कथा’ लाई निर्देशक फुर्बा छिरिङ लामाले ठूलो पर्दामा उतारेका छन्‌ जसमा नेपालका चर्चित नायकद्वय सौगात मल्ल र अनुप बिक्रम शाही अनि सिक्किमकी गिताञ्जली थापा मुख्य भूमिकामा रहेका छन्‌‌। यो फिल्ममा दुई -अढाई सय वर्ष अघिको नेपाली समाजमा रहेको जार प्रथालाई देखाइएको छ जुन इन्द्रबहादुर राईद्वारा लिखित कथा हुन्। यस फिल्ममा जातीय संस्कार र संस्कृतिलाई अहिलेको उत्तर आधुनिक युगमा पनि स्पष्ट रुपमा देखाइएको छ। यस फिल्ममा फिल्मका तीन मुख्य पात्रहरूका अभिनय दर्शकहरुले अपेक्षा गरे जस्तै उत्कृष्ट र जीवान्त देखिएको छ‌। यस फिल्ममा निर्देशन पक्षमा‌‌ पनि निर्देशक फुर्बा छिरिङ लामा पूर्व रुपमा सफल भएका छन्। उनले योभन्दा पहिला पनि साहित्यकार गुप्त प्रधानद्वारा लिखित कथा ‘मान्छे मान्छेकै बस्तीभित्र’ लाई ‘एक ढाकर जीवन’नाम दिएर फिल्म बनाएका थिए जुन अन्तर्राष्ट्रिय स्तरमा नै प्रसिद्ध बन्दै पुरस्कार पनि जित्न सफल बनेको थियो।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement