बाघमारा बस्तीमा दश दिवसीय ग्रामीण व्यक्तित्व विकास शिविरको समापन

IMG-20250504-WA0266

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको बाघमारा बस्तीमा सूर्या फाउण्डेशनद्वारा आयोजित दश दिवसीय ग्रामीण व्यक्तित्व विकास शिविरको समापन कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा जम्मा ३० जनाले भाग लिएका थिए। कार्यक्रमको शुभारम्भ भगवान श्री कृष्णको तस्वीरमा पुष्प अर्पण गरेर गरिएको थियो। शिक्षक योगेन्द्र छेत्रीले सञ्चालन गरेको यस कार्यक्रममा सूर्या फाउण्डेशनको तर्फबाट क्षेत्रका प्रमुख कमल दाहालको विशेष उपस्थिति रहेको थियो। विगत २५ अप्रेलदेखि शुरु गरिएको यस शिविरमा नानीहरूको बौद्धिक तथा शारीरिक विकास हेतु विभिन्न सत्र, योगाभ्यास, खेल, क्राफ्टिगं आदि सिकाइएको छ।स्मरण रहोस सूर्या फाउण्डेशन एक सामाजिक संस्था हो जसले समाज सेवा हेतु विगत ३५ वर्षदेखि देशभरि यस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको जानकारी प्राप्त भएको छ। बाघमारा बस्तीमा चलिरहेको यस दश दिवसीय ग्रामीण व्यक्तित्व विकास शिविरको समापन समारोह विषयमा क्षेत्र प्रमुख कमल दाहालले बाघमारा बस्तीमा विगत दश दिनदेखि चलिरहेको ग्रामीण व्यक्तित्व विकास शिविरको आईतबार समापन भएको छ। यस दश दिवसीय ग्रामीण विकास शिविरमा नानीहरुलाई विभिन्न कलाहरु सिकाइएको जानकारी गराएका छन्। उनले बाघमारा बस्तीमा सूर्या फाउण्डेशनद्वारा विगत ६ वर्षदेखि योगेन्द्र छेत्रीको अगुवाईमा संस्कार केन्द्र सञ्चालन भईरहेको र यो सामाजिक संस्था रहेको पनि बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement