`मंगपूमा सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्ट’ १८ सेप्टेम्बरदेखि

IMG-20220913-WA0083.jpg

१३ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्ट आउँदो १८ सेप्टेम्बरदेखि शुरु गरिनेछ। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा हुने यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा शक्ति संघ कालीझोड़ा र सिम्ले युनाइटेडबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement