तीनधारेमा नि:शुल्क दन्त जाँच शिविर सम्पन्न

IMG-20250504-WA0263

तीनधारे: वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा यहाँको होटल गैरीस्थित कार्यालयमा‌ नि:शुल्क दन्त जाँच शिविरको आयोजना गरिएको छ।‌ बिहान ११ बजीदेखि शुरू भएको उक्त शिविर दिउँसो ३ बजीसम्म चलेको थियो। यस दन्त जाँच शिविरमा जम्मा ७३ जनाले सेवाको लाभ उठाएका थिए। यस शिविरमा दाँतको जाँच, एक्सरे, सुगर टेस्ट, रक्तचाप जाँच र निःशुल्क ऒैषधि वितरणको व्यवस्था पनि गरिएको जानकारी प्राप्त भएको छ। यस नि:शुल्क दाँत शिविरमा दाँत रोग विशेषज्ञ डाक्टर सत्येन्द्र गुप्त डेन्टल सर्जन्टको नेतृत्वमा नारायण डेन्टल क्लिनिक सिलगढीद्वारा सफलतसपूर्वक मेडिकल क्याम्प गरिएको थियो। यस शिविरको आयोजनाको लागि वरिष्ठ नागारिक कल्याण समिति तीनधारेले धन्यवाद स्वरूप प्रशंसा पत्र संगठनका सभापतिको बाहुलीबाट प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement