सोनादा पचेङमा वयोवृद्ध व्यक्तिलाई सम्वर्द्धना

IMG-20250504-WA0261

सोनादा: सोनादाको पचेङ्गबजारस्थित पचेङ्ग समाजले एक कार्यक्रमबीच गाउँका 95 वर्षीय वयोवृद्ध डीपी लिम्बुलाई सम्वर्द्धना जनाएको छ।समाजका सभापति दर्पण राईको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमलाई एसपी थापाले सञ्चालन गरेका थिए। समाजद्वारा तयार पारिएको सम्वर्द्धना पत्रको पठन गरिएपछि सभापति दर्पण राईको बाहुलीबाट डीपी लिम्बुलाई सम्वर्द्धना पत्र, नेपाली टोपी तथा अङ्गवस्त्र ओड्याएर सम्मान जनाइयो। कार्यक्रममा अजन सुब्बा तथा रवी राईले वक्तव्य राखे भने पदम गुरुङद्वारा गीत प्रस्तुत गरियो। अन्त्यमा सम्मानित व्यक्तित्व डीपी लिम्बुलाई उपस्थित सबै सदस्यहरूद्वारा खदार्पण गरी कार्यक्रमको समापन गरिएको जानकारी समाजका तर्फबाट एसपी थापाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement