खलील अहमद ३३ रन खर्च गरी तेस्रो स्थानमा

IMG-20250504-WA0210

बेंगलुरु: चेन्नई सुपर किंग्स (सीएसके)-का पेस बलर खलील अहमदले शनिवार एम चिन्नास्वामी स्टेडियममा खेलिएको आईपीएल २०२५-को म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध एउटा अवांंछित रेकर्ड बनाए। उनले एक ओभरमा ३३ रन खर्च गरे। यो आईपीएल २०२५-को सबैभन्दा महँगो ओभर थियो जबकि समग्रमा यो तेस्रो सबैभन्दा महँगो ओभर हो। खलील आरसीबी-को ईनिंग्सको १९औं ओभरमा बलिंग गर्न आए। त्यस ओभरमा आरसीबी-का ब्याटर रोमारियो शेफर्डले खलीललाई भरपूर शास्ती दिए। शेफर्डले त्यस ओभरमा ४ वटा छक्का र २ वटा चौका लगाए। त्यस ओभरमा खलीलले एउटा नो बल पनि गरे। यसरी उनले आफ्नो तेस्रो अनि ईनिंग्सको १९औं ओभरमा जम्मा ३३ रन खर्च गरे। यसको साथै उनले पारविन्दर अवानाको रेकर्डको बराबरी गरे। अवानाले किंग्स इलेभेन पञ्जाबबाट खेल्दै सीएसके-विरुद्ध ३३ रन मै खर्च गरेका थिए। यसरी खलीलको ओभर आईपीएल इतिहासको संयुक्त रूपले तेस्रो सबैभन्दा महँदो ओभर थियो। आईपीएलको सबैभन्दा महँगो ओभरको रेकर्ड चाहिँ पी परमेश्वरनको नाममा रहेको छ। उनले कोच्चि टस्कर्सबाट खेल्दै आरसीबी-विरुद्ध म्याचमा ३७ रन खर्च गरेका थिए। खलीलको त्यस ओभरले गर्दा नै म्याचमा आरसीबी-ले २० ओभरमा २१३ रनको विशाल स्कोर बनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement