बेंगलुरु: चेन्नई सुपर किंग्स (सीएसके)-ले शनिवार रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध आईपीएल २०२५-को म्याचमा २ रनले हारको सामना गर्नु पऱ्यो। प्लेअफ्-को रेसबाट अगावै बाहिर हुने सीएसके-को यो जारी सीजनमा नवौं हार हो। यस जीतको साथ आरसीबी चाहिँ प्लेअफ्-मा स्थान बनाउने नजिक पुग्यो। म्याचमा आरसीबी-ले दिएको २१४ रनको लक्ष्यलाई पीछा गर्दै एक समय असल स्थितिमा रहे पनि सीएसके-ले अन्तमा ५ विकेटमा २११ रन मात्र बनाउन सक्यो। युवा आयुष म्हात्रेले ९४ र रविन्द्र जडेजाले अविजित ७७ रन बनाए पनि चेन्नईले जीत हासिल गर्न सकेन। म्याचपछि सीएसके-का कप्तान एमएस धोनीले हारको जिम्मेवारी लिँदै भने, म ब्याटिंग गर्न ओर्लिँदा केही रनको आवश्यकता थियो। त्यस समय बलहरूलाई देखेर मलाई दबाउ कम्ती गर्न केही ठूलो शट्हरू खेल्ने विचार आयो। यसैकारण म हारको जिम्मेवारी लिन्छु।
धोनीले आरसीबी-का ब्याटरहरू अनि विशेषगरी रोमारियो शेफर्डको प्रशंसा गरे, जसले सीएसके-का बलरहरूलाई अन्तिम २ ओभरमा शास्ती दिँदै केवल १४ बलमा अर्द्धशतक बनाए। धोनीले बलिंग रणनीतिमाथि पनि कुरा गरे अनि यर्कर बलको महत्त्वमाथि प्रकाश पारे। उनले भने, ब्याटरहरू हावी हुन थाल्दा यर्कर सबैभन्दा प्रभावी हतियार हुन्छ। यर्कर सही नरहे पनि फूलटस बलमा पनि शट् खेल्नु सजिलो हुँदैन। आरसीबी-का पेस बलरहरूले यर्करको सही प्रयोग गरे। धोनीले अलराउण्डर रविन्द्र जडेजाको प्रशंसा गरे। उनले भने, जडेजाले असाधारण ब्याटिंग गरे। उनी मैदानमा आफ्नो ताकत अनुसार खेल्छन्। यसबाहेक हामीले स्कूप जस्ता नयाँ जमानाको शट्हरू खेल्ने अभ्यास पनि गर्नु पर्नेछ। यो हार हाम्रो निम्ति शिक्षा रह्यो। हामीले डेथ ओभरहरूमा ब्याटिंग र बलिंग दुवैमा सुधार गर्नु पर्नेछ।