स्पेनिश ला लीगाः बार्सिलोनाको रोमाञ्चक जीत, एट्लेटिकोको ड्र

photocollage_20255411442931

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको जारी सीजनमा बार्सिलोनाले च्याम्पियन बन्ने सम्भावनाहरूलाई मजबूत बनाउँदै रोमाञ्चक जीत हासिल गऱ्यो। यसरी एट्लेटिको म्याड्रिड चाहिँ ड्र-मा रोकियो। शनिवार राति खेलिएको रोमाञ्चक म्याचमा बार्सिलोनाले शुरुमै गोल खाए पनि भाल्लाडोलिडलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा १८ प्रतिशत पोजेशनको साथ खेले पनि भाल्लाडोलिड मध्यान्तरसम्म अघि रहेको थियो। इभान साञ्चेजले छैटौं मिनटमा गोल गरी होम टीमलाई बढ़त दिलाए। यसरी शुरुमै गोल खाएपछि बार्सिलोनाले रहल समयमा लगातार आक्रमण गऱ्यो। भाल्लाडोलिडलाई चरम दबाउमा राखे पनि बार्सिलोनाले मध्यान्तरसम्म गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ बार्सिलोनाले ६ मिनटभित्र २ गोल गरेर म्याच जित्यो। राफिन्हाले ५४औं र फर्मिन लोपेजले ६०औं मिनटमा लगातार २ गोल गरी आफ्नो टीमलाई जीत दिलाए। यस जीतपछि बार्सिलोना ३४ वटा म्याचमा ७९ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले यस टीमसँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ७ पोइण्ट्स अधिक रहेको छ।
यसरी एट्लेटिको म्याड्रिड र अलावेसबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यस अवे म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। यस निराशाजनक ड्र पछि एट्लेटिको म्याड्रिड ६७ पोइण्ट्सको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी अलावेस ३५ पोइण्ट्सको साथ १६औं स्थानमा रहेको छ। भिल्लारियलले ओसासुनाविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने भिल्लारियलबाट अयोजे पेरेजले दोस्रो र ३९औं मिनटमा २ गोल गरे। यसबाहेक थिएर्नो बारीले ३३औं र निकोलस पेपेले ७१औं मिनटमा गोल गरे। यसरी ओसासुनाबाट रुबेन गार्सिया साण्टोसले ६६औं र एमार ओरोजले ८१औं मिनटमा गोल गरे। भिल्लारियल ५८ पोण्ट्सको साथ पाँचौं अनि ओसासुना ४४ पोइण्ट्सको साथ १०औं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा भेलेन्सियाले लास पाल्मसविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement