सोरेङ जिल्लाको पीएमश्री विद्यालयमा एक दिन स्कूलमा कार्यक्रम

IMG-20250503-WA0317

गान्तोक: सोरेङ जिल्ला प्रशासनिक केन्द्रको पहलमा आयोजित “एक दिन स्कूलमा कार्यक्रम अन्तर्गत सोरेङ जिल्लाको खाद्य एवं नागरिक आपूर्ति विभागले सक्रियरूपमा सहभागिता जनायो। विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रममा छैटौं श्रेणीदेखि बाह्रौ श्रेणीसम्मका विद्यार्थीहरूलगायत प्रचार्य, शिक्षकवर्गको उपस्थिति रहेको थियो। यस अवसरमा विभागका सहायक निर्देशक दुष्यन्त धितालले सार्वजनिक वितरण प्रणाली ऐन अन्तर्गतका विभिन्न योजनाबारे विस्तृतरूपमा जानकारी गराए। यसरी नै लिगल मेट्रोलोजी यूनिटकी प्रभारी सपना तामाङले उपभोक्ता जागरूकता लिगल मेट्रोलोजी प्रावधान २०१३ ऐन अन्तर्गतका विषयमाथि जोड खुलस्त पारिन्। यस अवसरमा खाद्य नागरिक आपूर्ति विभागकी अधिकारी जसमान सुब्बाले राष्ट्रीय खाद्य सुरक्षा ऐनबारे महत्वपूर्ण जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement