गान्तोक: सिक्किम भारतको एक अभिन्न अङ्ग बनेको ५०औं वर्षागाँठको शुभ अवसरमा गान्तोक जिल्ला पुलिसको पहलमा देउरालीस्थित जीएमसी एरिनामा फूटसल प्रतियोगिता आयोजना गऱ्यो। एक दिवसीय फूटसल प्रतियोगितामा गान्तोक जिल्लाबाट कुल छ वटा दलले सहभागिता जनाएको थियो, जसमा गान्तोक सदर पुलिस, रानीपुल, सिङताङ, शेरेथाङ, कुपुक र गान्तोक ट्राफिक ब्राञ्चले सहभागिता जनाएको थियो। आज खेलिएको फाइनल खेलमा सदर पुलिस बनाम ट्राफिक ब्राञ्चबीच सम्पन्न भएको थियो, जसमा सदर पुलिस विजयी बन्यो। उक्त प्रतियोगितामा आइजीपी टासी वाङग्याल भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य पुलिसकर्मीहरूको फिजिकल फिटनेसलाई बढावा दिनु रहेको थियो।