मन्त्री पिन्छो नामग्याल लेप्चाले गरे पूननिर्माण घरको उदघाटन

IMG-20250503-WA0320

गान्तोक: मंगन जिल्ला अन्तर्गत जङ्गु निर्वाचन क्षेत्रको लुम वार्डका घरहरूको पूननिर्माण पछि आज लाभार्थीहरूलाई सुम्पियो। क्षेत्र विधायक एवम वन विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाले उक्त घरको उदघाटन गरेपछि लाभार्थी थेन्डुप लेप्चालाई हस्तान्तरण गरे। उनको घरको पूननिर्माण आरइडीआरएच योजना अन्तर्गत गरिएको हो, जुन प्रधानमन्त्री विशेष राहत प्याकेज अनुसार भएको हो। उल्लेखनीय छ, वर्ष २०११ मा आएको भूकम्पले राज्यभरि व्यापकरूपमा क्षति पुऱ्याएको थियो। यो परियोजना भूकम्प प्रतिरोधी वास्तुकला डिजाइनद्वारा निर्माण गरिएको हो भने यसको देखरेख ग्रामीण विकास विभागको निगरानीमा भएको हो। उक्त योजना वर्ष २०१२ मा शुरू भएता पनि कतिपय अवरोधको कारण योजना कार्यान्वयन गर्नमा विलम्ब भएको बताइएको छ। तर एसकेएम पार्टी सरकारमा आएपछि उक्त योजनालाई कार्यावन्यन गर्न जोड दिएको हुनाले घरलाई पूननिर्माण गरेर आज हस्तान्तरण गर्न सफल बनेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement