जीवन्त गाउँको प्रगतिलाई लिएर मंगन जिल्लाका जिल्लापालले गरे समीक्षा बैठक

IMG-20250503-WA0321

गान्तोक: मंगन जिल्ला अन्तर्गत कवि र मंगन व्लकलाई जीवन्त गाउँ कार्यक्रमको निम्ति जिल्लापाल अन्नत जैनको अध्यक्षतमा उक्त योजनाको प्रगतिलाई समीक्षा बैठक सम्पन्न भयो। बैठकमा अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा, अतिरिक्त जिल्लापाल (विकास) डा. सोनम आर लेप्चा, महकुमा अधिकारी मोनिका राई लगायत अन्य अधिकारीहरको पनि उपस्थिति रहेको थियो।
बैठकको मुख्य उद्देश्य उक्त क्षेत्रमा चलिरहेको विकासका गतिविधिहरूको मूल्याङ्कन गर्नु, अवरोधहरू पहिचान गर्नु र योजना अन्तर्गत स्वीकृत परियोजनाहरूलाई समयमै कार्यान्वयन सुनिश्चित गर्नु रहेको थियो। बैठकमा अन्तरविभागीय समन्वय र सीमावर्ती गाउँहरूमा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न समुदायको सहभागिताको महत्त्वमामाथि ध्यान केन्द्रित गर्नु रहेको थियो। जिल्लापाल जैनले सबै विभागकाअधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने अनि समय समयमा रिपोर्ट बुझाउनु पर्ने निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement