गान्तोक: जर्नलिस्ट यूनियन अफ् सिक्किम (जुस) ले आज राजधानीस्थित आफ्नो कार्यालयमा विश्व प्रेस स्वतन्त्रता दिवस पालन गऱ्यो। कार्यक्रमअवधि यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको थीम “साहसी नयाँ संसारमा रिपोर्टिङ: प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” माथि छलफल गरियो। कार्यक्रमका मुख्य स्रोतवक्ता राज्यका एक वरिष्ठ पत्रकार एवं अङ्ग्रेजी दैनिक सम्मिट टाइम्सका कन्सन्टेन्ट एडिटर पेमा वाङ्गचुक रहेका थिए। उनले आफ्नो सम्बोधनमा पत्रकारितमा कृतिम बुद्धिमत्ताको प्रभाव बारे विस्तृत रुपमा जानकारी गराए।
यस अघि कार्यक्रममा छोटो सम्बोधन राख्दै जर्नलिस्ट यूनियन अफ् सिक्किमका अध्यक्ष सुजल प्रधानले विश्व प्रेस स्वतन्त्रता दिवसको इतिहास र महत्वबारे जानकारी गराए। राज्यका विभिन्न सञ्चार माध्यमसित संलग्न पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावतको पनि विशेष उपस्थिति रहेको थियो।