सिक्किम डिजाइन विक अन्तर्गत कार्यशाला

IMG-20250503-WA0324

गान्तोक: राज्यको वाणिज्य एवं उद्योग विभाग र नेशनल इन्स्टीट्यूट अफ् डिजाइन र एएलएसआएसएआर इम्पेक्सको संयुक्त पहलमा सिक्किम डिजाइन विक अन्तर्गत एक दिवसीय कार्यशाला आयोजना गरियो। सोरेङ जिल्लाको रूरवन कम्पलेक्समा आयोजित कार्यक्रम सिक्किम इन्सपार्यस, राइजिङ एक्सिलेरिटिङको एक भागकोरूपमा रहेको हो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विभिन्न पृष्ठभूमिका सहभागीहरू माझ रचनात्मक संलग्नता र डिजाइन सोचको संस्कृतिलाई प्रवर्द्धन गर्नु थियो, जसले जिल्लाभरि नवप्रवर्तन र डिजाइन-नेतृत्वमा वृद्धिलाई प्रोत्साहन गर्दै आइरहेको छ।
आज सम्पन्न कार्यक्रमको मुख्य आकर्षण एनआइडी अहमदाबाद), एएलएसआएसएआर इम्पेक्ट जस्ता सम्मानित संस्थाहरूको नेतृत्वमा एकैसाथ कार्यशालाहरूको श्रृंखला र स्टुडियो कापीद्वारा आयोजित एनिमेमा विशेष मास्टरक्लास थियो। आज सम्पन्न भएको कार्यशालामा स्थानीय प्रतिभाहरूको हेरचाह गर्ने र रचनात्मक अर्थतन्त्रमा केन्द्रित हुँदै वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्दै नवप्रवर्तन, उद्यमशीलताको लागि एक अभियानकोरूपमा स्थापित गर्ने कुरामा केन्द्रित थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement