चेन्नईविरुद्ध २ रनले रोमाञ्चक जीतको साथ आरसीबी शीर्ष स्थानमा

IMG-20250504-WA0003

बेंगलुरु: आईपीएल २०२५-को ५२औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले चेन्नई सुपर किंग्स (सीएसके)-लाई २ रनले पराजित गऱ्यो। यस जीतको साथ आरसीबी ११ वटा म्याचमा ८ वटा जीतको साथ १६ पोइण्ट्स लिएर आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। चेन्नई ११ वटा म्याचमा ४ पोइण्ट्सको साथ १०औं स्थानमा कायम रह्यो। एम चिन्नस्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर २१३ रन बनायो। आरसीबी-बाट ३ जनाले अर्द्धशतक बनाए। टीमलाई विराट कोहली र जेकब बेथलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईजनाले ९.५ ओभरमा ९७ रनको पार्टनरशीप गरे। कोहलीले ५ वटा छक्का र ५ वटा चौकाको साथ ३३ बलमा ६२ रन बनाए। यसरी बेथलले ८ वटा चौका र २ वटा छक्काको साथ ३३ बलमा ५५ रन बनाए। कोहली र बेथल आउट भएपछि देवदत्त पडिक्कल, कप्तान रजत पाटीदार र जितेश शर्माले उल्लेखनीय योगदान दिन सकेनन्। अन्तमा रोमारियो शेफर्डले केवल १४ बलमा अविजित ५३ रन बनाएर आरसीबी-लाई विशाल स्कोरसम्म पुऱ्याए। शेफर्डले ६ वटा चौका र ४ वटा चौका लगाए। चेन्नईका बलरहरूमा माथिशा पाथिरानाले ३ विकेट लिए। जवाफमा चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। युवा ओपनर अयुष म्हात्रेको ९४ रनको सहायताले सीएसके एक समय असल स्थितिमा थियो तर आरसीबी-का बलरहरूले अन्तिम ओभरहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टीमलाई जीत दिलाए। आयुषले ४८ बल खेलेर ९ वटा चौका र ५ वटा छक्का लगाए। उनले रविन्द्र जडेजासँग तेस्रो विकेटको निम्ति ११४ रनको पार्टनरशीप गरे। टीमलाई जिताउने असफल प्रयासमा जडेजाले अविजित ७७ रन बनाए। उनले ४५ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। कप्तान धोनीले १२ रन बनाए। आरसीबी-का बलरहरूमा लुंगी एनगिडीले सर्वाधिक ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement