युनाइटेड सोनादा भेटरन्स विजयी

photocollage_20255323459746

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा शनिवार २ वटा म्याच खेलियो। रोहिनी लेक मा आज खेलिएको पहिलो म्याचमा एफएफसी सिलगढ़ी र हिमालयन भेटरन्सबीच स्कोर १-१ को बराबरीमा रह्यो। त्यसपछि पेनल्टी शूट आउट भयो। पेनल्टी शूट आउटमा १३-१४ वटा प्रयासपछि पनि नतीजा नआउँदा दुई टीमको सहमतिमा म्याचलाई अन्य दिन खेलाउने तय भयो। यसरी दोस्रो म्याचमा युनाइटेड सोनादाले थर्ड माईलविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जीवन तामाङ र राजु तामाङले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ८ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement