डोप टेस्टमा फसेर आईपीएल छोड़ेको खुलासा गरे कगिसो रबाडाले

IMG-20250503-WA0311

जोहानिसबर्ग: आईपीएल २०२५-मा गुजरात टाइटन्सको प्रतिनिधित्व गर्ने दक्षिण अफ्रिकाका पेस बलर कगिसो रबाडालाई क्रिकेटको सबै प्रारूपबाट अन्तरिम रूपले निलम्बित गरिएको छ। यो जानकारी दक्षिण अफ्रिकी क्रिकेटर्स एसोसिएशन (एसएसीए) को माध्यमले शनिवार स्वयं रबाडाले दिए। उनीमाथि यो कार्वाही प्रतिबन्धित ड्रग लिएको कारण गरिएको छ, जसको परीक्षणमा उनलाई पोजिटिभ पाइएको छ। रबाडा केही दिन अघि निजी कारणहरूले गर्दा आईपीएल छोड़ेर स्वदेश फर्किएका थिए। आईपीएलमा उनले गुजरात टाइटन्सबाट खेल्दै दुईवटा म्याचमा २ विकेट हासिल गरेका थिए। रबाडाले भनेका छन्, म निजी कारणहरूले गर्दा आईपीएल छोडेर बीचमा स्वदेश फर्किएको छु। यस्तो मैले प्रतिबन्धित ड्रग लिएको कारणले गर्दा हो। त्यो प्रतिबन्धित पदार्थ म नशामा मोज मस्तीको निम्ति प्रयोग गर्थे। म ती सबैजनासँग माफी माग्छु, जसलाई मैले निराश गरे। म क्रिकेट खेल्ने विशेषाधिकारलाई कहिले हल्कामा लिने छुइनँ। यो विशेषाधिकार मभन्दा पनि धेरै ठूलो हो। यो मेरो व्यक्तिगत आकांक्षाहरूभन्दा पनि अघि आउँछ। अहिले म आन्तरिम रूपले निलम्बित छु अनि त्यस खेलमा फर्किन उत्सुक छु। यस बयानमा रबाडाको नमूनामा कुन पदार्थ पाइएको थियो भन्ने चाहिँ स्पष्ट गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement