दार्जीलिंङ: गोरामुमोकेन्द्रीय समितिले आज प्रेस बिज्ञप्ति प्रकाशित गरी प्रत्येक वर्ष मई ३ तारिखका दिन विश्वभर “विश्व प्रेस स्वतन्त्रता दिवस” मनाइन्छ। यो दिवस पत्रकारिता क्षेत्रको सम्मान, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारहरूको सुरक्षाप्रति ध्यानाकर्षण गराउने उद्देश्यले मनाइन्छ। प्रेस स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक राष्ट्रको आधारभूत मूल्य हो। स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेस विना पारदर्शिता र जवाफदेहिताको कल्पना गर्न सकिँदैन।
आजको दिन हामीले ती सबै पत्रकारहरूलाई सम्झनुपर्छ, जसले सत्यका लागि कलम चलाए, अन्यायका विरुद्ध आवाज उठाए र जनताको पक्षमा कलमबाट संघर्ष गरे। उनीहरूको साहस, कर्मनिष्ठा र सत्यप्रतिको प्रतिबद्धता लोकतन्त्रका लागि मेरुदण्ड सरह हो। दुर्भाग्यवश, आज पनि विश्वका विभिन्न भूभागमा पत्रकारहरू दमन, डर, हिंसा र सेन्सरशिपको सिकार भइरहेका छन्। यो परिस्थितिमा प्रेस स्वतन्त्रताको रक्षा गर्नु केवल पत्रकारहरूको जिम्मेवारी होइन, सम्पूर्ण राष्ट्र अनि समाजको साझा उत्तरदायित्व हो।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा, म हाम्रो क्षेत्र र राष्ट्रका सम्पूर्ण पत्रकारहरूप्रति हार्दिक सम्मान गरेको उल्लेख छ।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले स्वतन्त्र, निष्पक्ष र साहसी पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ हो। सत्य, न्याय र जनताको आवाजको संरक्षण गर्ने तपाईंहरूको योगदान अतुलनीय छ। म ती सम्पूर्ण पत्रकारहरूलाई सम्मान गर्दछु जो आचारसंहितामा अडिग रहँदै नागरिकहरुको आवाज बुलन्द पार्न अहोरात्र क्रियाशील छन् भने।
उनले बिज्ञप्ति मार्फत तपाईंहरूको कलम सत्यका पक्षमा सधैँ बलियो रहोस् भन्ने शुभकामना व्यक्त गर्दै
विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना ब्यक्त गरेका छन्।