१ खर्ब ५२ अर्ब १६ करोडको लगानी प्रतिवद्धतामा हस्ताक्षर
विराटनगर: कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लागतका परियोजनामा लगानी प्रतिवद्धता भएर परियोजना प्रवद्र्धनका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ।
सम्पन्न भएको लगानी सम्मेलनमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरूबीच परियोजना प्रवद्र्धनको सम्झौता भएको हो।
प्राधिकरणका अनुसार कृषि क्षेत्रका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा ८ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका ९ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटन क्षेत्रका १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापन सम्बन्धि परियोजनामा ६० करोड रुपैयाँ लगानी गर्न निजी क्षेत्रले लगानी प्रतिवद्धता जनाएका हुन्।










