सोनादाबाट माध्यमिक परीक्षामा अभिमन्यु भण्डारीले ल्याए उच्च अङ्क

IMG-20250503-WA0262

सोनादा: यस वर्षको माध्यमिक परीक्षामा सोनादा क्षेत्रबाट अभिमन्यु भण्डारीले उच्च अङ्क ल्याएका छन्। सोनादाको अप्पर पचेङ्ग बजारस्थित सन्त पिटर्स माध्यमिक विद्यालयबाट अध्ययन गरेका अभिमन्युले माध्यमिक परिक्षामा ८४.०२ प्रतिशत अङ्क ल्याएर सम्भवत सोनादा टपर बनेका छन्। उनी नालीचउर पञ्चधाम निवासी भीम भण्डारी अनि सुष्मा भण्डारीका सुपुत्र हुन्। उनको यो उपलब्धिमा उनका बाजे पण्डित बलराम भण्डारीले उनलाई शिक्षा प्रदान गर्ने सम्पूर्ण शिक्षक शिक्षिकाहरुप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो नातिको यो विशेष सफलतामा खुशी व्यक्त गर्दै यसले सम्पूर्ण परिवारलाई गौरवान्वित पारेको कुरा बताएका छन्। यसबाहेक सोनादा क्षेत्रबाट होलीक्रस कन्या उच्चतर माध्यमिक विद्यालयबाट अयाङ्कित लेप्चाले ८०.८५ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् भने सोनादा उच्चतर माध्यमिक विद्यालय, शान्तिरानी उच्चतर माध्यमिक विद्यालय, सिडर्स माध्यमिक विद्यालय, मुण्डाकोठी माध्यमिक विद्यालय, मार्गेट्सहोप माध्यमिक विद्यालय, सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयबाट पनि यसवर्षको माध्यमिक परीक्षामा सय प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement