तीनधारे: यस वर्षको माध्यमिक परीक्षामा तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने जोगमाया चिया बगानका नानीले पहिलो स्थानको साथमा उत्तीर्ण गरेकोमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले उज्ज्वल भविष्यको कामनासहित बधाई दिएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी बताए अनुसार जोगमाया चियाबारीको बगानको कर्मचारी पिता जितेन नेवार र चिया बगानकै श्रमिक माता सरला तामाङ नेवारको सुपुत्र कृष्णेन नेवार तीनधारे महानदी समष्टि टप्पर बनेकोमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले बधाई एवं शुभकामना व्यक्त गर्दै आगामी दिनमा उच्च शिक्षा हाँसिल गरेर परिवार र गाउँको नाम उज्वल राख्ने शुभकामना पनि दिएका छन्। यसको साथै यस सफलतामा बहुमूल्य योगदान दिने माता पिता साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापिका एवं सम्पूर्ण शिक्षक शिक्षिकावर्गलाई पनि हिल तराइ डुवर्स प्लान्टेशन युनियनको तीनधारे महानदी जोनल कमिटिको तर्फबाट हार्दिक बधाइ दिएका छन्। उल्लेखनीय छ जोगमाया चियाबारी निवासी कृष्णेन नेवारले यसपालीको माध्यमिक परीक्षा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट ६५ प्रतिशतको साथमा प्रथम दर्जामा उत्तीर्ण भएर तीनधारे महानदी समष्टिको छवटा माध्यमिक विद्यालयहरुमा टप्पर बनेका छन्।