खरसाङ टाउन कमिटी कार्यकारणी समितिको सभा सम्पन्न

IMG-20250503-WA0254

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीससम्मकोे वार्डमा टाउन कमिटीका कार्यकारीणी सदस्याहरुलाई लिएर २८ नम्बर समष्टि अनि २९ नम्बर समष्टिका अब्सर्भर समीर दीप ब्लोन अनि सुभाष प्रधानकोे विशेष उपस्थितिमा पार्टी कार्यालयमा सभा सम्पन्न भयो। सभामा कमिटी सदस्यहरुद्वारा सांगठनिक धरातललाई मजबुत बनाउन हेतु टाउन कमिटीद्वारा गरिहेको कार्य साथै विकासमूलक कार्यहरू के कस्तो प्रकारले भईरहेछ त्यसकाे जानकारी सभामा टाउन कमिटीका बीसैवटा वार्डबाट उपस्थित प्रतिनिधिहरूले आ आफ्ना वार्डका रिपोर्ट विस्तृत रूपमा राखेका थिए। सभामा संगठनलाई सुचारू रुपले चलाउन हेतु भईरहेको समस्याकोे निम्ति अब्जर्भर समीरदीप ब्लोन अनि सुभाष प्रधानले पहल गर्दै आगामी केही दिनमा प्रत्येक वार्ड अनि सम्बन्धित विभाग अनि सभासदसँग सभा गरी समाधानको मार्ग प्रशस्त गराई दिने भनि वक्तव्यमा राखे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पूर्ण रूपले जनताकोे सेवाकोे निम्ति गठन भएको हो तर जनसाधारण लगायत पार्टीकोे प्रतिनिधिहरु कतिपय तक्निकी असुविधाकाे कारण असुविधाकोे सामना गरिरहेको‌ जनाइएको छ। यी सबै कुराहरूलाई सभामा चर्चा परिचर्चा गरेपछि आगामी दिनमा सङ्गठनलाई व्यवस्थित अनि सुचारु रूपमा चलाउन हेतु मापदण्ड तयारी गर्ने सभामा निर्णय गरियो। सभाको सञ्चालन टाउन कमिटीका कार्यवाहक सचिव बिरबल पाख्रिनले गरेका थिए भने सभा टाउन कमिटी प्यारेन्ट्स बडीका अध्यक्ष सन्दीप बल, सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, सांगठनिक सचिव रञ्जन गजमेर, सन्तोष परी, सन्नी तामाङ, प्रणय तामाङ, बिषण लामा, विजय गुरुङ, पवन राई, रामु राउत, रमोद गुरुङ आदि उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement