म्याड्रिड ओपनमा गौफ र रुड फाइनलमा

photocollage_202553123337320

नयाँ दिल्ली: अमेरिकाकी कोको गौफले गत च्याम्पियन इगा स्वियातेकलाई सजिलैसँग सीधा सेटमा पराजित गरी म्याड्रिड ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको फाइनलमा प्रवेश गरिन्। फाइनलमा गौफको भिड़न्त बेलारुसकी आर्यना सबालेंकासँग हुनेछ। यसरी पुरुष एकलको फाइनलमा नर्वेका कास्पर रुड र ब्रिटेनका ज्याक ड्रेपरबीच भिड़न्त हुनेछ। महिला एकलको सेमिफाइनलमा गौफले पोल्याण्डकी स्वियातेकलाई ६-१, ६-१-ले पराजित गरिन्। म्याचमा गौफले पहिलो सेटमा ३ पल्ट अनि तेस्रो सेटमा २ पल्ट स्वियातेककी सर्विस तोड़िन्। चौथो वरीयता प्राप्त गौफले फाइनलमा सबालेंकाकी चुनौती स्वीकार्नेछिन्। सबालेंकाले अन्य एउटा सेमिफाइनलमा युक्रेनकी एलिना स्वितोलिनालाई सीधा सेटमा ६-३, ७-५-ले पराजित रिन्। शीर्ष वरीयता प्राप्त सबालेंकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा प्रतिद्वन्द्वी खेलाड़ीबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। बेलारुसकी खेलाड़ीले महत्त्वपूर्ण क्षणहरूमा पोइण्ट्स हासिल गरी म्याच जितिन्।
यसरी पुरुष एकलको पहिलो सेमिफाइनलमा रु़डले अर्जेण्टिनाका फ्रान्सिस्को सेरुनडोलोलाई ६-४, ७-५-ले पराजित गरे। क्वार्टर फाइआनलमा रुसका दानिल मेदवेदेवविरुद्ध जीत हासिल गर्ने १४औं वरीयता प्राप्त रुडले सेरुनडोलोविरुद्ध पनि फर्मलाई कायम राखे। यसरी ब्रिटेनका खेलाड़ी ड्रेपरले अन्य एउटा सेमिफाइनलमा इटलीका लोरेञ्जो मुसेत्तीलाई ६-३, ७-६ (७-४)-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement