अहमदाबाद: गुजरात टाइटन्सले असाधारण प्रदर्शन गर्दै शुक्रवार राति खेलिएको आईपीएल २०२५-को ५१औं म्याचमा सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गऱ्यो। यस जीतको साथै गुजरात प्लेअफ्-मा स्थान बनाउने नजिक पुग्यो। नरेन्द्र मोदी स्टेडियममा खेलिएको म्याचमा होम टीमलाई जीत दिलाउनमा ओपनिंग ब्याटर साई सुदर्शनको महत्त्वपूर्ण योगदान रह्यो, जसले आफ्नो फर्मलाई कायम राख्दै ४८ रन बनाए। यसको साथै उनले फेरि एकपल्ट ओरेञ्ज क्याप हासिल गरे। ओरेञ्ज क्याप आईपीएल सीजनमा सर्वाधिक रन बनाउने खेलाड़ीलाई प्रदान गरिन्छ। साई सुदर्शनले आईपीएलको जारी सीजनमा १० वटा ईनिंग्समा ५०४ रन बनाएका छन्। यसमा ५ वटा अर्द्धशतक सामेल छ। यसरी उनले मुम्बई इण्डियन्सका स्टार ब्याटर सूर्यकुमार यादवलाई पछि छोड़े। सूर्यकुमारले ११ वटा ईनिंग्समा ३ वटा अर्द्धशतकको साथ ४७५ रन बनाएका छन्। ओरेञ्ज क्यापको रेसमा शीर्ष ५-मा गुजरात टाइटन्सका ३ जना ब्याटर रहेका छन्। जोस बटलर ४७० रनको साथ तेस्रो र शुभमन गिल ४६५ रनको साथ चौथो स्थानमा छन्। रोयल च्यालेञ्जर्स बेंगलुरुका विराट कोहली ४४३ रनको साथ पाँचौं स्थानमा रहेका छन्।
म्याचमा गुजरातको ईनिंग्स समाप्त भएपछि साई सुदर्शनले भने, म बललाई ताकतको साथ हिर्काउनको सट्टा टाइम गर्न रुचाउँछु। मेरो विचारमा अहिले मेरो टच राम्रो रहेको छ। यसैकारण परिणाम हासिल गर्न सक्षम भइरहेको छु। ब्याटिंग गर्न ओर्लिँदा आउट हुने दबाउबारे उनले भने, हामी विकेट नगुमाउने विषयमा सोच्दैनौ। हामी केवल आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छौं। विकेट गुमाउने डर लिएर खेल्न सकिँदैन। हामी अहिले जे गरिरहेका छौं, त्यसले हाम्रो टीमलाई असल स्कोर बनाउनमा सहायता पुगिरहेको छ।