मानव जातिको सुरक्षा हेतु मानव अधिकार परिषदको गठन गरिएको होः मन्त्री भीमहाङ लिम्बूको

IMG-20220912-WA0261.jpg

गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार परिषद,सिक्किम शाखाको पहलमा गेजिङ जिल्लाको सामुदायिक भवनमा नयाँ सदस्यहरूलाई स्वागत साथै पुरस्कार प्रापकहरूलाई लिएर एक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा मन्त्री भीम हाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा सिक्किम राज्य व्याङ्कका अध्यक्ष डीबी गुरूङ लगायत विभिन्न विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनमा मुख्य अतिथि मन्त्री सुब्बाले यस प्रकारको कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आयोजक समितिलाई बधाई दिए। यस संस्था भारत सरकारले मानव अधिकारको संरक्षण गर्ने उद्देश्यले गठन गरेको जानकारी गराए।भारत सरकारले आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरू मात्र पूरा नगरेर व्यक्तिको मर्यादा सुनिश्चित गर्ने संवैधानिक लक्ष्यहरू प्राप्त गर्ने प्रयासको रूपमा मानवअधिकारको संरक्षण र प्रवर्द्धनप्रति पनि काम गरिरहेको बताए। राष्ट्रिय मानव अधिकार आयोगले सदैव मानव जातिको अधिकारलाई सुनिश्चित गर्ने पहल गरिरहेको दावी गरे। यसरी नै मानव अधिकारको सम्वर्धन र संरक्षण गर्न विश्वको अन्य देशहरूसँग पनि भारत सरकारले सहकार्य गर्दै आइरहेको मन्त्री सुब्बाले आफ्नो सम्बोधनमा थप जानकारी गराए। यसै क्रममा राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरूङले आफ्नो सम्बोधनमा भारत सरकारले राष्ट्रियता, लिङ्ग, राष्ट्रिय, रंग, धर्म, भाषामाथि भेदभाव नगरी सबैलाई अधिकार सुनिश्चित गरेको अवगत गराए। मानव जातिको मौलिक अधिकार हनन नहोस् भन्ने उद्देश्यले भारत सरकारले यस संस्थाको स्थापना गरेको गुरूङले जानकारी गराए। यस अवसरमा स्टेट बोर्ड डायरेक्टर रबिन राई, क्रिश कुमार शाह लगायत संस्थाका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement