गान्तोक: राज्यमा फेरि एकजना अनलाइन (साइबर) ठगीको शिकार बनेका छन्। उल्लेखनीय छ, सिक्किम पुलिसको साइबर अपराध शाखाले साइबर अपराध बारे निरन्तर रुपमा सचेतना जगाउने काम गर्दै आएको भए तापनि घरिघरि राज्यम साइबर ठगीको घट्ना प्रकाइमा आउने गरेको छ। नयाँ घट्ना राजधानी गान्तोकको तादोङ क्षेत्रको हो। ३४ वर्षीय पीड़ित महिलाले सदर थानामा प्राथमिकी दर्ता गरेपछि यो घट्ना प्रकाशमा आएको हो। प्राप्त जानकारीअनुसार अज्ञात व्यक्ति(हरू) ले टेलीग्राम एप मार्फत ५,४३,७६० रुपियाँ ठगी गरेको प्राथमिकीमा उल्लेख गरिएको छ। सदर पुलिसले सम्बन्धित धारामा कानुनी कार्यवाही आरम्भ गरेको छ।