८ मई एग्रीमेन्टको ५२औं वर्षगाँठमा मण्डलहरूलाई अभिनन्दन जनाइने

IMG-20250502-WA0271

गान्तोक: सामाजिक सङ्गठन सिक्किमिस मूल निवासी सुरक्षा सङ्घले आगामी 8 मईको दिन राजधानीको चिन्तन भवनमा एउटा कार्यक्रम आयोजना गरेर ऐतिहासिक आठ मई अग्रीमेन्ट-को ५२औं वर्षगाँठ पालन गर्ने भएको छ। सङ्गठनका अध्यक्ष रत्नलाल सापकोटा अनि अन्य कार्यकारी सदस्यले आज पत्रकार सम्मेलन डाकेर यसको जानकारी दिएका हुन्। उक्त दिनको कार्यक्रममा छोग्यालकालका मण्डल (जिवित एवं मरनोपरान्त) हरूलाई अभिनन्दन जनाइने अध्यक्ष सापकोटाले बताए। उल्लेखनीय छ, जाली सिक्किम सब्जेक्ट र सर्टिफिकेट अफ् आइडेन्टिफिकेशन (सीओआइ)को विरोधमा सक्रियतासित काम गर्दै आएको सङ्गठन सिक्किमिस मूल निवासी सुरक्षा सङ्घले गत वर्ष पनि चिन्तन भवनमा नै ८ मई एग्रीमेन्ट दिवस पालन गरेको थियो। त्यस समय सङ्गठनले जिवित तथा स्वर्गवासी सिक्किम गार्ड्सहरूलाई अभिनन्दन जनाएको थियो।
यस वर्ष ८ मई एग्रीमेन्टको ५२औं वर्षगाँठको अवसरमा सङ्गठनले सिक्किमका मण्डलहरूलाई अभिनन्दन जनाउने निर्णय लिएको छ, अध्यक्ष सापकोटाले भने। यसको निम्ति संस्थाले मण्डलहरूको नाम सूचिवद्ध गर्ने काम गरिरहेको र कसैलाई मण्डलहरूको बारेमा थप जानकारी भए आफूहरूलाई उपलब्ध गराउने उनले आह्वान पनि गरेका छन्। यसको साथै मण्डलका परिवार तथा सन्तानहरूले पनि आफूहरूलाई सम्पर्क गर्नसक्ने तथा 8 मईको दिन चिन्तन भवनमा हुने कार्यक्रममा सहभागिता जनाउनसक्ने उनले बताए। के कारणले ८ मई एग्रीमेन्ट दिवसको दिन मण्डलहरूलाई अभिनन्दन जनाइनेछ भनेर पत्रकारहरूले प्रश्न गर्दा त्यो कुरा त्यसै दिनको कार्यक्रममा सार्वजनिक गरिने सापकोटाले बताए। अहिलेलाई हामी यति नै भन्छौं कि मण्डलहरूले कहिले पनि सिक्किम सब्जेक्ट र सीओआइ-को विराधमा तथा त्यसलाई हानी पुऱ्याउने काम गरेनन्, उनले भने।
उक्त दिनको कार्यक्रममा आफूहरूले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत सबै मन्त्री, विधायकहरू, सबै राजनीतिक पार्टी, सङ्घ संस्था अनि व्यक्तिविशेषहरूलाई सार्वजनिक रुपमा निमन्त्रणा गरेको अध्यक्ष सापकोटाले बताए। कार्यक्रममा विभिन्न स्रोतवक्ताद्वारा ८ मई एग्रीमेन्टको महत्व बारे जानकारी गराइने पनि उनले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement