गान्तोक: गेजिङ जिल्लाको कृषि विभागको पहलमा आज माटोको स्वास्थ कार्ड र स्वास्थ्य उर्वर्तालाई लिएर ग्याङयापको इएमआरएसमा एक दिवसीय प्रशिक्षण एवं वितरण कार्यक्रम सम्पन्न गरियो। यो कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थी साथै कृषकहरूलाई माटोको स्वास्थ्य उर्वरता, माटोको जाँच र दिगो कृषि क्षेत्रको निम्ति प्रोत्साहित गर्नु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कृषि एवं वगवाणी विभागका अतिरिक्त निर्देशक कर्मा शेर्पाले माटोको स्वास्थ जाँच र स्वास्थ्य कार्डबारे विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर माटोमा पाइने पौष्टिक तत्वको कारण फसल राम्रोसँग उत्पादन हुने भएकोले माटोको जाँच गर्न अति नै आवश्यक रहेको उनले बताए। यसरी नै तकिनिकी सत्रको क्रममा माटो विशेषज्ञ तारामान राईले यस कार्यक्रम आयोजना गरिनुको महत्वमाथि जानकारी गरए। पावर पोइन्ट प्रजेन्टेसनको माध्यमद्वारा उनले कुनै पनि फसललाई बढन साथै फल दिनको निम्ति पोषणको आवश्यक रहेको हुनाले माटोको जाँच गरिनुपर्ने विषयमा जोर दिए।
उल्लेखनीय छ, गेजिङको माटो जाँच गर्ने प्रयोगशालालाई नेशनल एग्रीडेसन बोर्ड अफ् ल्याबरोटोरिजले तीन वर्षको निम्ति अनुमति दिएको छ।