मुख्यमन्त्रीले गरे एस३ पोडकास्ट लोगोको विमोचन

IMG-20250502-WA0277

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विद्यार्थी प्रकोष्ठसँगको एक बैठकमा मुख्यमन्त्री तामाङले सिक्किम स्टुडेन्टस सिफेयर (एस३) पोडकास्टको लोगोको आधिकारिकरूपमा विमोचन गरे। यो पोडकास्ट कार्यक्रम विधायक अदित्य गोलेको नेतृत्वमा र पोडकास्ट टोलीको उपस्थितिमा सम्पन्न भएको हो। यस लोगोको सृजना फूर्बा डोमा लेप्चाले गरेकी हुन्।
मुख्यमन्त्री तामाङले एस३ टोलीलाई शुभकामना दिँदै यस पहलले सिक्किमका युवाहरूको दृष्टिकोणलाई सशक्त, प्रेरित र विस्तार गर्ने आशा व्यक्त गरे। पोडकास्ट “भोलिको आवाज, आजका कथाहरू” भन्ने विषयवस्तुमा केन्द्रित छ, जसले विद्यार्थीहरूको कथा, विचारहरू र आकांक्षाहरूलाई प्रकाश पार्ने आफ्नो लक्ष्यलाई प्रतिबिम्बित गर्ने मुख्यमन्त्रीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement