गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुसार एक भारत श्रेष्ठ भारत अनुसार हिजो राजभवनमा महाराष्ट्र गुजरात राज्यको स्थापना दिवस मनाइयो। राजभवनमा आयोजित उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थी, अधिकारीहरूलाई एउटा मञ्चमा ल्याउने कार्य भएको साथै देशको विकासको निम्ति उनीहरूको ऐतिहासिक योगदान र एकताबारे जानकारी गराइयो। स्वागत सम्वोधनको क्रममा राज्यपालका संयुक्त सचिवक दिवस गौतमले सबैलाई स्वागत जनाउँदै यस कार्यक्रम आयोजना गरिनुको उद्देश्य भारतदेशमा विविधतामा एकता रहेको बताए। यस अवसरमा महाराष्ट्र र गुजरात राज्यका राज्यपालद्वयले भीडियो मार्फत सन्देशमा राज्य अनि राष्ट्रको निरन्तर समृद्धि साथै प्रगतिको निम्ति शुभकामना दिए। कार्यक्रममा कञ्चनजङ्गा विश्वविद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। सोही प्रकारले राज्यपालका एडीसी सन्तोष बानियाँले राष्ट्र निर्माणमा गुजरात र महाराष्ट्रको भूमिकाबारे जानकारी गराए।