नाम्ची पञ्चायत चुनाउलाई लिएर उच्चस्तरीय बैठक

IMG-20220912-WA0266.jpg

गान्तोक: राज्यमा हुने आगामी पञ्चायत चुनाउबारे प्रारम्भिक चरणको बैठक आज नाम्चीस्थित जिल्लापाल कार्यालयमा सम्पन्न भयो। बैठकमा जिल्ला अधिकारी एम भरणी कुमार अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा जिल्ला अधिकारीले आगामी पञ्चायत चुनाउको लागि जिल्लास्तरीय नोडल अधिकृत नियुक्त गर्नुका बारे बताएका थिए। उनले नामांकनको लागि टोली पनि गठन गरे र आवश्यक सेक्टर मजिस्ट्रेटको संख्यालाई अन्तिम रूप दिन सम्बन्धित नोडल अधिकारीहरूलाई निर्देश दिए। त्यसपछि उनले तालिमको मिति र स्थान र मतदान केन्द्रमा तोकिएका पदाधिकारीको आवश्यकताबारे छलफल गरे। उनले निर्वाचन प्रक्रियालाई सुचारु ढंगले सञ्चालन गर्न नोडल अधिकारीलाई आग्रह गर्दै उम्मेदवारलाई कुनै पनि गुनासो आउन नदिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement