सिक्किम सीड सेल र नेपाल च्यामबर्स अफ् कमर्सका प्रतनिधिबीच भेटघाट

IMG-20250502-WA0279

गान्तोक: सिक्किम उद्यमशीलता र आर्थिक विकास प्रकोष्ठ (सीड सेल)-को विशेष पहलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग व्यावसायिक भेटघाट कार्यक्रम आज तादोङस्थित सीड सेल कार्यालयमा सम्पन्न भयो। यस अवसरमा सिक्किम र नेपाल बीच सीमा पार व्यापार अवसरहरूको अन्वेषण र सुदृढीकरण गर्ने विषयमा दुवै क्षेत्रका उध्यमीहरूबीच छलफल भयो। यस अवसरमा सीड सेलका मुख्य समन्वयक राज लामाले सीड सेलको परिचय र सिक्किममा उद्यमी सिर्जना गर्नमा यसको भूमिकामाथि प्रकाश पारे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा सिक्किमका उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्वेश्यले यो संस्थाको गठन भएको जानकारी गराउँदै सीड सेलले हालसम्म गरेका विविध उपलब्धि र गतिविधिबारे प्रकाश पारे।
यसैगरी स्वर्णिम मल्टीनेशनल ट्रेड प्राईवेट लिमिटेड नेपालका प्रबन्ध निर्देशक रत्नमान डङ्गोलले कम्पनीको लक्ष्य र उद्वेश्यबारे जानकारी गराउँदै सिक्किमका उत्पादहरूलाई नेपालमा प्रवर्धन गर्न र बजार व्यावस्थापनमा सहयोग पु-याउने विचार व्यक्त गरे। उनले टीम वर्कका साथ अघि बढ्न सकिने पनि मन्त्व्य व्यक्त गरे। सोही प्रकारले ललितपुर वाणिज्य संघका कार्यकारी सदस्य अनिल महर्जनले सम्बोधन गर्दै सिक्किम र नेपालमा व्यापार अवसरहरूबारे प्रकाश पारे। कार्यक्रममा सीड सेलका कार्यकारी सदस्य महेश दवाडी र प्रस्थाना सुब्बा, स्वर्णिम मल्टीनेशनल ट्रेडका निर्देशक प्रसिद्वमान डङ्गोल र हन्सा कार्गोका प्रबन्ध निर्देशक रमेश बिन्दुकार लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement