‘झोला’का निर्देशकको नयाँ फिल्म ‘झिल्को’ शुक्रबारबाट प्रदर्शनमा

IMG-20250502-WA0225

झापा(नेपाल): यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ आजबाट प्रदर्शनमा आएको छ।
डिजिटल लतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको फिल्मको बिहीबार प्रिमियर गरिएको थियो।
फिल्मले देशभरर १ सय १६ शो प्राप्त गरेको छ। बालबालिकाको मनोविज्ञानमाथि नेपाली फिल्महरू तुलनात्मक रुपमा कमै बनेका छन्। ‘झिल्को’ बालमनोविज्ञानमाथिको बलियो फिल्म भएको प्रमियरमा उपस्थितहरूले बताए।
फिल्ममा आयुषी ढकालको प्रमुख अभिनय छ।
त्यसैगरी सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ।
फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन्। पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा फिल्म तयार भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement