कोलकाता: बन्धन बैंकले आर्थिक वर्ष २०२४-२५ को चौथो त्रैमासिकको वित्तीय नतिजा घोषणा गरेको छ। यस अवधिमा बैंकको कुल व्यापार ११% ले बढेर ₹ २.८८ लाख करोड पुगेको छ। बैंकमा रहेको कुल निक्षेपमा खुद्रा व्यवसायीको हिस्सा अहिले लगभग ६९% छ। बैंकको विस्तारित वितरण सञ्जाल, सुधारिएको सञ्चालन दक्षता र अनुकूल व्यावसायिक वातावरणका कारण गत त्रैमासिकमा वृद्धि भएको हो। आर्थिक वर्ष २०२४-२५ मा बैंकको खुद नाफा ₹२,७४५ करोड रहेको छ।
बैंकले अहिले भारतका ३६ मध्ये ३५ राज्य र केन्द्र शासित प्रदेशहरूमा ६,३०० भन्दा बढी बैंकिङ आउटलेटहरू मार्फत ३.१५ करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बन्धन बैंकमा काम गर्ने कुल कर्मचारीहरूको संख्या लगभग ७५,००० छ।
आर्थिक वर्ष २०२५ को चौथो त्रैमासिकमा बैंकले आफ्नो निक्षेपमा वार्षिक १२% वृद्धि रेकर्ड गरेको छ। बैंकको निक्षेप बढेर ₹१.५१ लाख करोड पुगेको छ। सोही अवधिमा कुल अग्रिम रकम ₹१.३७ लाख करोड पुगेको छ। चालू खाता र बचत खाता (सीएएसए) अनुपात कुल निक्षेपको ३१.४% मा रह्यो, जुन राम्रो संकेत हो। वित्तीय स्थिरताको प्रमुख सूचक, बैंकको पूँजी पर्याप्तता अनुपात (सीएआर) १८.७% मा रहेको छ, जुन नियामक मानक भन्दा धेरै उच्च छ।
बैंकको कार्यसम्पादनको बारेमा टिप्पणी गर्दै, बन्धन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पार्थ प्रतिमा सेनगुप्ताले भने, ‘बन्धन बैंकको कार्यसम्पादन हाम्रो सन्तुलित रणनीति, बलियो शासन र ग्राहक विश्वासको परिणाम हो।’ ‘बन्धन बैंक २.०’ तर्फ अगाडि बढ्दै, हाम्रो ध्यान डिजिटलाइजेसन, वितरण विस्तार, सम्पत्ति विविधीकरण र दीर्घकालीन मूल्य र दिगो वृद्धि सुनिश्चित गर्न ग्राहक अनुभवलाई अझ बढाउन तर्फ केन्द्रित छ।”
बैंकले आफ्नो सम्पत्ति संरचनाको विविधीकरणमा ध्यान केन्द्रित गरेको छ र खुद्रा पोर्टफोलियो बढाउनमा रणनीतिक जोड दिएको छ। दक्षता बढाउन, उत्पादकत्व सुधार गर्न र ग्राहक अनुभव बृद्धि गर्न डिजिटलाइजेसन प्रक्रियालाई तीव्रता दिनु बैंकको प्राथमिकता हो।