खरसाङ: राजमार्ग १० को लोहापुल र बिरिक डाँडाको बीचमा रहेको एक गाउँमा नयाँ बिजुली जडानको उद्घाटन गरिएको थियो। उक्त कार्यक्रममा १६ परिवारले नयाँ बिजुली कनेक्सन प्राप्त गरेका थिए, तर ११ परिवार विभिन्न कारणले नयाँ जडानबाट वञ्चित रहेका थिए।
यस समस्याको समाधानका लागि आज कालेबुङ खण्ड एकका सहकारी सभापति उत्तम राई र जीटीए प्रमुख कार्यपालको प्रतिनिधि दिवस छेत्रीले वन विभाग खरसाङका डीएफओ आईएफएस देवेश पाण्डेसंग भेटघाट गरेका छन्। यस भेटघाटपछि समस्या समाधान भएको उत्तम राईले जानकारी दिएका छन्। यस विषयमा उनले भने, “आजको छलफल फलदायी रह्यो र ११ परिवारले पनि चाँडै नै बिजुली जडानको सुविधा पाउनेछन्।” यसले गाउँलेहरूको दीर्घकालीन समस्याको समाधान हुने आशा बढेको छ।