तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा क्विज प्रतियोगिता सम्पन्न

IMG-20250502-WA0218

तीनधारे: तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा शुक्रवार प्रोप्राइटर प्रह्लाद रसाईली, प्राचार्य रबि सुब्बा अनि शिक्षक शिक्षिकावर्गको विशेष सहभागितामा क्विज प्रतियोगिता आयोजना गरिएको थियो। स्कूलका शिक्षिकाहरू कविता मुखिया एवं लक्ष्मी तामाङले क्विज प्रतियोगिता सञ्चालन गरेका थिए।

स्कूलको दोस्रोदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरूलाई क्रमैसित रेड हाउस, येल्लो हाउस, ग्रीन हाउस अनि ब्लु हाउसमा विभाजित गरी तीन राउण्डसम्म विभिन्न प्रश्नहरू सोधिएको थियो। यस क्विज प्रतियोगितामा ब्लु हाउसले प्रथम अनि रेड हाउसका विद्यार्थीहरू दोस्रो स्थान हाँसिल गर्न सक्षम बनेका छन्।

अन्त्यमा प्रतियोगितामा पहिलो अनि दोस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई स्कूल पक्षबाट आकर्षक मेडल अनि ट्रफीहरू वितरण गरिएको स्कूलका प्राचार्य रबि सुब्बाबाट जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement