मुम्बई इण्डियन्सविरुद्ध १०० रनले पराजित भएर राजस्थान रोयल्स प्लेअफ्-को रेसबाट बाहिर

IMG-20250502-WA0003

जयपुर: आईपीएल २०२५-को ५०औं म्याचमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई सजिलैसँग १०० रनले पराजित गऱ्यो। यस जीतको साथ ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्स ११ वटा म्याचमा १४ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थान पुग्यो। यसको विपरीत राजस्थान रोयल्स चाहिँ चेन्नई सुपर किंग्सपछि प्लेअफ्-को रेसबाट बाहिर हुने दोस्रो टीम बन्यो। सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा २ विकेटमा २१७ रन बनायो। रेयान रिकेल्टनले ३८ बलमा सर्वाधिक ६१ रन बनाए। उनले ७ वटा चौका र ३ वटा छक्का लगाए। यसरी रोहित शर्माले ३६ बलमा ९ वटा चौकाको साथ ५३ रन बनाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ११.५ ओभरमा ११६ रनको पार्टनरशीप गरे। रिकेल्टन र रोहित लगातार अन्तरालमा आउट हुँदा स्कोर २ विकेटमा १२३ रन थियो। त्यहाँबाट सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटको निम्ति ९४ रनको अटूट पार्टनरशीप गरेर टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। हार्दिकले २३ बल खेलेर ६ वटा चौका र एउटा छक्काको साथ अविजित ४८ रन बनाए। यसरी सूर्यकुमारले २३ बलमै अविजित ४८ रन बनाए। उनले ४ वटा चौका र ३ वटा छक्का लगाए। जवाफमा राजस्थान रोयल्सको टीम १६.१ ओभरमा ११७ रन बनाएर अलआउट भयो। मुम्बई इण्डियन्सका बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी राजस्थानको हार सुनिश्चित गरे। राजस्थानबाट जोफ्रा आर्चरले २७ बलमा २ वटा छक्का र २ वटा चौकाको साथ सर्वाधिक ३० रन बनाए। यसबाहेक कप्तान रियान परागले १६ र यशस्वी जयसवालले १३ रन बनाए। वैभव सूर्यवंशी खाता पनि नखोली आउट भए। मुम्बई इण्डियन्सका बलरहरूमा ट्रेण्ट बोल्ट र कर्ण शर्माले ३-३ विकेट लिए। जसप्रीत बुमराहले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement